Aamsanchar

खुर्सानीको धुलो हालेर १६ लाख लुटपाट

Author Image
बिहिवार, कार्तिक ११, २०७३

दाङ ।download

दाङको तुलसीपुर बसपार्कबाट आज बिहान एकजना व्यक्तिबाट १६ लाख लुटपाट भएको छ ।

प्रहरीका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथमा रहेको रु १० लाख भारु लुटपाट भएको हो । मोटरसाइकल चढेर आएका तीनजना नकाबधारीले लामिछानेको आँखामा खुर्सानीको धुलो हालेर रकम लुटेका हुन् ।

लामिछाने बुटवल वस्त्रालयमा लामो समयदेखि कार्यरत कर्मचारी हुन् । तुलसीपुर–१४ चैलाही निवासी लामिछानेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी अनुसन्धान सुरु गरेको गरेको छ । इप्रकाका प्रमुख डिएसपी लोकनाथ तिमिल्सेनाले अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गरिने बताउनुभयो ।

बुटवल वस्त्रालयका मालिक राजकुमार श्रेष्ठले लामिछानेलाई उक्त रकम दिएर पसलका लागि सामान लिन पठाएको बुझिएको छ ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर