काठमाडौंः
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई युएईले ऊर्जा सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको भएको भेटमा नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीले प्रधानमन्त्री प्रचण्डलाई युएईमा सन् २०१७ जनवरी १६ मा हुने ‘वल्र्ड फ्युचर इनर्जी समिट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रण दिएका हुन्।
राजदूत नक्वीले उर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिन सक्ने भन्दै त्यसका लागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको बताए। प्रधानमन्त्रीले निमन्त्रणाका लागि धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू इच्छुक रहेको बताए। भेटमा नेपाल–युएई बीचको सम्बन्ध र द्वीपक्षीय हितका विषयमा छलफल भएको थियो।
भेटमा प्रधानमन्त्रीले युएईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न राजदूत नक्वीको ध्यानाकर्षण गराएका थिए।