काठमाडौंः
सरकारले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने भएको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको ऊर्जा मन्त्री जनार्दन शर्माले जानकारी दिए।
भारतीय प्रधानमन्त्री मुखर्जी नेपालको औपचारिक भ्रमणमा आगामी कात्तिक १७ गते आउँदैछन्। तर, चिनियाँ राष्ट्रपति जिन पिङ भने नेपाल आउने तय भएको छैन।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 69