Aamsanchar

विदेशमा कमाएको पैसाले विद्यालय हराभरा

Author Image
बिहिवार, कार्तिक ११, २०७३

धनकुटा ।

1477542122school

परदेशमा गएर कमाएको पैसाले आफ्नो गाउँको शैक्षिक क्षेत्र सुधार गर्न धनकुटाको बुढिमोरङवासी सक्रिय भएका छन् ।

जन्म र बाल्यकाल बुढिमोरङमा भई हाल कामको सिलसिलामा विभिन्न देशमा रहेका ब्यक्तिले गरेको सहयोगका कारण गाउँको रामनवमी उच्च माध्यमिक विद्यालय जिल्लाकै नमुना बन्न सफल भएको छ ।

एक दशक अघिसम्म जिर्ण र भौतिक पुर्वाधार अभावमा रहेको धनकुटाको बुढिमोरङमा रहेको रामनवमी उच्च माध्यमिक विद्यालय यतिबेला भौतिक, खेल तथा शैक्षिक पुर्वाधारले सुसज्जित भएको छ ।

विद्यालयमा नयाँ भवन बनेका छन् । विद्यार्थीको लागि भलिवल तथा बास्केटवल कोर्ट बनेको छ । त्यस्तै कम्प्युटर शिक्षाको लागि कम्प्युटर ल्याब तथा पुस्तकालयको समेत ब्यवस्था रहेको छ ।

जन्म र बाल्यकाल बुढिमोरङ्गमा भई हाल कामको सिलसिलामा बिभिन्न स्थानमा रहेकाहरुले गरेको सहयोगका कारण यो सम्भव भएको हो ।

उच्च शिक्षा अध्ययनका लागि अन्यत्र धरै खर्च हुने गरे पनि सहयोगकै कारण सो बिद्यालयका ११ र १२ कक्षामा अध्यानरत सम्पुर्ण विद्यार्थीले निशुल्क पढ्न पाएका छन् ।

बिद्यार्थीलाई आवश्यक पर्ने पुस्तक समेत स्कुलले निशुल्क रुपमा बितरण गर्ने गरेको बिद्यालयका प्रध्यानाध्यापक रमेश ईवाहाङ्ग बताउँछन् । हालसम्म उनीहरुले विद्यालयलाई ७० लाख रुपैयां भन्दा बढीको सहयोग गरेका छन् ।

विद्यालयको भौतिक संरचना सुधारका लागि करिब २५ लाख, छात्राबृत्तिको लागि १५ लाख, पुस्तकालयका लागि तीन लाख पचास हजार, कम्प्युटर लगायत बिभिन्न उपकरण खरिदका लागि तीनलाख तथा अन्य बिभिन्न प्रयोजनका लागि गरी कुल पचास लाख रुपंैया भन्दा बढी सहयोग गरेका हुन् ।

विद्यार्थीले किताबी ज्ञानसंगै खेल तथा आधुनिक शिक्षा हासिल गर्न सकुन् भनेर सहयोग गरिएको सहयोगदाता बताउँछन् ।

रामनवमी उच्च माध्यमिक विद्यालय जिल्लाको पुरानो विद्यालय मध्ये एक हो । तर यसको भौतिक र शैक्षिक विकासमा राज्यको तर्फबाट भएको सहयोग अपुग थियो ।

तर सबैले गरेको सहयोगका कारण यो विद्यालय पुर्ण मात्रै बनेको छैन । जिल्लाकै उदहाहरणिय समेत बन्न पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 393

प्रतिक्रिया (०)

सम्बन्धित खबर