Aamsanchar

प्रचण्डलाई बालुवाटारमै भारतबाट आएका ‘मोदी दूत’को धम्की, के-के भने ?

Author Image
बिहिवार, कार्तिक ११, २०७३

काठमाडौं।

prachanda-1-650x414

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतबाट आएका एक जना बुद्धिजीवीले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावका पक्षमा नलाग्न धम्की दिएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘विशेष दूत’का रुपमा काठमाडौं आएका भारतीय प्राध्यापक एवं नेपाल मामिलाका जानकार एसडी मुनीले बालुवाटार पुगेरै प्रचण्डलाई धम्की दिएको स्रोतले बताएको छ ।

धम्की दिएका मुनी बुधबार दिल्ली फर्किएका छन् । दिल्ली पुगेर ट्वीटरमार्फत उनले लोकमानको भविश्यको चिन्ता भारतले लिन नपर्ने उल्लेख गरेका थिए । यसबाट महाअभियोग प्रस्तावले लोकमानलाई केही फरक नपार्ने संकेत देखा परेको छ ।

हप्ता दिनअघि नेपाल आएका विशेष दूत मुनीलाई नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले बालुवाटार पुगाएका थिए । त्यसक्रममा सिंहले पनि प्रचण्डलाई महाअभियोगको पक्षमा लागेर भारतसँग निहु नखोज्न प्रचण्डलाई धम्की दिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डलाई महाअभियोगको पक्षमा नउभिन केही भारतीय नेता एवं कूटनीतिज्ञबाट समेत दबाव आइरहेको बालुवाटार स्रोतको भनाई छ ।

यता कांग्रेस सांसद सिंहले मुनीलाई लिएर बालुवाटार गएको पुष्टि गरे । तर, लोकमान प्रकरणमा आफ्नो कुुनै धारणा र चासो नरहेको दाबी गरे ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर