पाँचथर।
उत्तरपूर्वी सिदिन, प्राङबुङ, मेमेङ, च्याङथापु र फलैंचा गाविसमा चौरी पालन व्यवसाय सङ्कटमा पर्दै गएको छ ।
पर्याप्त जनशक्तिको अभाव र भालु आतङ्कका कारण उक्त व्यवसाय धरासायी बन्दै गएको हो । गाउँका युवा वैदेशिक रोजगारीमा जान थालेपछि गोठमा बस्ने सहयोगी मान्छे पाउन कठिन भएको सिदिन–२, काचौरीका चौंरीगाईपालक कृषक राजेन्द्र राईले बताउनुभयो ।
चरन क्षेत्रमा भारततर्फबाट ठूलो सङ्ख्यामा भालु प्रवेश गरी चौंरीगाई खान थालेपछि चांैरीपालन गर्नेको सङ्ख्या बर्सेनि घट्दै गएको छ । एक दशक अघि फलैँचा र च्याङथापुमा मात्र २५ वटा चांैरीगाईका गोठ थिए । अहिले उक्त सङ्ख्या घटेर १० पुगेको च्याङथापुका गर्जमान गुरुङले बताउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 159