Aamsanchar

अब देश द्वन्द्वतर्फ धकेलियोः संघीय गठबन्धन

Author Image
शुक्रवार, कार्तिक १२, २०७३

काठमाडौं:

Madhesi-morcha-1-5811fdac523865.14652860

संघीय गठबन्धनले प्रधानमन्त्रीको निर्वाचनको समयमा गरेको सहमति कार्यान्वयन नगरेर सरकारले देशलाई द्वन्द्वतर्फ धकेल्ने प्रपञ्च गरेको आरोप लगाएको छ ।

प्रधानमन्त्रीको निर्वाचनको समयमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संघीय गठबन्धनसँग गरेको तीन बुँदे सम्झौता कार्यान्वयन गर्नुको सट्टा अझै अल्झाउने गरेको आरोप गठबन्धनको छ ।

गठबन्धनको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनका मुद्धालाई ओझेलमा पारी मुलुकलाई नै द्वन्द्वतर्फ धकेल्ने प्रपञ्च गरिएको हुनाले तीन बुँदे सहमतिप्रति पूर्ण रुपले प्रतिबद्ध भइ त्यसको अक्षरस कार्यान्वयनको लागि सरकारलाई गठबन्धन सचेत गराउँदछ ।’

गठबन्धन बैठकले स्थानीय तह पुर्नसंरचना आयोगले गरेका कामकारबाही कदापि स्वीकार्य नहुने बताएको छ । ‘जबसम्म, प्रदेशको सीमांकन र सैद्धान्तिक रुपमा स्थानीय तह प्रदेश मातहत रहने संविधानमा प्रावधान सुनिश्चित हुँदैन तबसम्म कुनै पनि प्रकारका राज्य पुनसंरचना गठबन्धनलाई मान्य हुँदैनन्’, गठबन्धनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सीमांकन तथा राज्य पुनसंरचनाको टुंगो नलागेसम्म कुनै पनि निर्वाचन हुन नदिने गठबन्धनले निर्णय गरेको छ ।’

संघीय गठबन्धनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग के हो त्यो प्रष्ट नभएको बताएको छ । गठबन्धनले महाअभियोग प्रष्ट नभएसम्म यस विषयमा कुनै धारण सार्वजनिक नगर्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर