Aamsanchar

दिदीको घरमा आएकी बहिनीको विष सेवनबाट मृत्यु

Author Image
शुक्रवार, कार्तिक १२, २०७३

भक्तपुरः

suicide-5811fbc40256f7.59802950

दिदीको घरमा आएकी एक बहिनीले विष सेवन गर्दा ज्यान गुमाएकी छन्। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ बोडे बस्ने दिदीको घरमा आएकी काभ्रेको वाल्टिङ–३ घर भएकी २३ वर्षीया तारा शाहको विष सेवनबाट ज्यान गएको हो।

महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार शाहले बुधबार राती तरकारी खेतीमा प्रयोग गरिने विषादी सेवन गरेकी थिइन्। विष सेवनबाट अशक्त भएकी शाहलाई उपचारको भक्तपुरको मध्यपुर थिमि गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल लगिएको वृत्तले जनाएको छ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले नागरिक अस्पतालमा उपचारकै क्रममा शाहको बिहीबार ज्यान गएको जानकारी दिए ।
उनले दिदीको घरमा आएर शाहले किन विष सेवन गरिन् भन्नेबारे अझै कुनै कारण खुल्न नसकेको सुनाए।

तर, शाहले प्रयोग गर्ने मोबाइलमा विष सेवन गर्नुको कारणबारे केही जानकारी भएको सुनिए पनि घरपरिवारबाट मोबाइल प्रहरीलाई प्राप्त हुने नसकेको प्रहरी नायब उपरीक्षक ओलियाले बताए।

उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले प्रारम्भिक अनुसन्धानपश्चात मृतकको लास पोष्टमार्टमको लागि काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर