Aamsanchar

तिहारमा पनि बन्दीको मुद्दा सुनुवाइ हुने

Author Image
शुक्रवार, कार्तिक १२, २०७३

काठमाडौँ ।

adalat

सर्वोच्च अदालतले तिहारको बिदामा पनि बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने भएको छ ।

तीनदिनभन्दा बढी अदालत बन्द रहने भएमा बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने कानुनी व्यवस्थाअनुसार तिहार पर्वमा पनि बन्दीको मुद्दा सुनुवाइ गर्न लागिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

सो अवधिमा सर्वोच्च अदालतसहित मातहातका अदालतहरुमा पनि बन्दीको मुद्दामा सुनुवाइ हुनेछ । शनिबार र भाइटीकाको दिनबाहेक अरु दिन अदालत खुल्ला रहनेछ । सर्वोच्च अदालतले सो अवधिमा मुद्दा हेर्नका लागि न्यायाधीश सपना मल्ल प्रधानलाई तोकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर