Aamsanchar

मोरङमा पनि भेटियो डेंगु सार्ने लामखुट्टे

Author Image
शुक्रवार, कार्तिक १२, २०७३

विराटनगर:

download (1)

मोरङमा पनि डेंगु रोग फैलाउने लामखुट्टे फेला परेको छ। झापामा डेंगु रोगले चिकित्सकसहित धेरै मानिस थला परिरहेका बेला मोरङमा पनि रोग फैलाउने लामखुट्टे फेला परेको हो।

जिल्लाको उत्तरी भेगमा अवस्थित पथरी शनिश्चरे नगरपालिकामा रोगको उच्च जोखिम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।स्वाथ्यकर्मीका अनुसार झापाको दमकमा फैलिएको रोग पश्चिमतर्फ मोरङमा सरेको हो। जनस्वास्थ्य कार्यालय मोरङका सिनियर अहेव डिल्लीराम श्रेष्ठको नेतृत्वमा पथरी स्वास्थ्य चौकी प्रमुख मुरारी आचार्य, पथरीशनिश्चरे नगरपालिका प्रमुख विनोदकुमार भण्डारीलगायतको टोलीले गरेको अनुगमनका क्रममा डेंगु रोग सार्ने लामखुट्टे फेला परेको हो।

पथरी बजारको पूर्वतर्फ रहेका अटो वर्कशपहरुमा राखिएका टायरमा डेंगु सार्ने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे र त्यसका लार्भाहरु फेला परेको बताउँदै पथरी स्वास्थ्यचौकी प्रमुख मुरारी आचार्यले भने,‘लामखुट्टे र लार्भा फेला परेको छ। थप परीक्षण गर्दैछौं ।’

पथरी बजार क्षेत्रमा अव्यवस्थितरुपमा राखिएका टायर हटाउने, सरसफाई गर्ने र स्थानीयमा जनचेतना फैलाउने काम सुरु गरिने जनस्वाथ्यले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर