झापा ।
पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य पुष्पलाल निरौला सात महिनादेखि बिरामीले थलिनुभएको छ ।
निरौलाको मस्तिष्कमा ट्युमर पलाएका कारण गम्भीर बिरामी पर्नुभएको हो । मस्तिष्कमा ट्युमर भएको पहिलो पल्ट २०७२ चैतमा पत्तो लागेको थियो । लगत्तै चैत २७ गते बिर्तामोडको बिएन्डसी हस्पिटलमा न्युरोलोजिस्ट डा चन्द्रप्रकाश लिम्बूले उहाँको ट्युमर शल्यक्रिया गरेर फ्याँक्नुभएको थियो ।
उपचारकै सिलसिलामा निरौलालाई भारतको हरिद्वारस्थित पतञ्जलि अस्पताल र काठमाडौँको अन्नपूर्ण न्युरो अस्पताल लगियो । भक्तपुर अस्पतालमा रेडियो विकिरणद्वारा उपचार गरेर हाल उहाँलाई शनिअर्जुन–२ स्थित निजी निवासमै राखिएको छ ।
मन्दिर समितिले उहाँको स्वास्थ्यलाभको कामना गर्दै आगामी बालाचतुर्दशीमा हनुमान कथा वाचन एवम् शिवरुद्राभिषेक महायज्ञ आयोजना गर्दैछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 166