Aamsanchar

लक्ष्मी पूजा गर्दा ध्यान दिनुपर्ने ७ कुरा

Author Image
शनिवार, कार्तिक १३, २०७३

लक्ष्मी पूजाको दिनमा हामी लक्ष्मी मातालाई खुशी पार्न धेरै उपायह अपनाउने गछौँ । तर हामीले केही साना साना गल्तीहरु गरेर पूजालाई अर्थहिन पनि बनाईरहेका हुन्छौँ ।

maa-lakshmi-images

यो दिनलाई लक्ष्मी माताको पृथ्वी भ्रमणको दिन हो भनेर भनिन्छ । पहिले देखि नै चलि आएको चलन दिपावलीको समयमा सात स्थानमा बिशेष ध्यान दिनुपर्छ । थाहा पाईराख्नुहोस् लक्ष्मीको कृपा पाउनको लागि कहाँ कहाँ के के बनाउनुपर्छ ।

-घर या पसलको मेन गेटमा ओमको चिन्ह बनाउनुहोस् । यो चिन्हलाई ध्यानपूर्वक पूर्व वा उत्तर दिशामा राख्नु राम्रो मानिन्छ । यस्तो गर्नाले घरमा नकारात्मक कुराहरुले प्रवेश गर्न सक्दैनन् ।
घर वा पसलको ढोकामा चाँदिको स्वस्तिक लगाउनु पनि फलदायक हुन्छ । वास्तु अनुसार यसले घरमा कुनै पनि किसिमको रोग आउन दिँदैन । यदि चाँदिको स्वस्तिक बनाउन असम्भव घ भने तपाईँले रातो कुमकुमबाट पनि स्तस्तिक बनाउन सक्नुहुन्छ ।
-दिपावलीको समयमा घर वा पसलको मेन गेटमा लक्ष्मी कमलको फूलमाथि बसेको तस्वीर लगाउनाले पनि घरपरिवारमा सुख शान्ति मिल्छ ।
-दिपावली भन्दा पहिले अर्थात लक्ष्मी वपूजाको दिनमा घरको ढोकामा सुन्दर र रंगीन तोरण बाँध्नु पर्छ । यदि तोरण आँपको पात, पीपल र अशोकका पातले बनेको छ भने एकदमै राम्रो हुन्छ । यी सबै समावेश गरेर तोरण बनाउनाले घरमा नकारात्मक उर्जा कम हुन्छ ।
-लक्ष्मी पूजाको दिन घरको मेन गेटमा लक्ष्मी माताको खुट्टाको चिन्ह बनाउनु शुभ मानिन्छ । तर ध्यान राख्नुहोस् लक्ष्मीका खुटको चिन्ह घरभित्र फर्केको हुनुपर्छछ । यसो गर्नाले घरमा लक्ष्मीको वास हुन्छ ।
-लक्ष्मी पूजाको दिनमा घर वा पसलको मेन गेटमा कुनै भाँडोमा पानी भरेर फूल हालेर राख्नुहोस् । पानी र फूलबाट भरिएको यो भाडोलाई पूर्व वा उत्तर दिशामा राख्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 380

प्रतिक्रिया (०)