काठमाडौं ,
कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव नभए गणतन्त्रसमेत खतरामा पर्ने बताएका छन् ।
‘चुनाव हुन सकेन भने गणतन्त्रलगायतका प्राप्त उपलब्धी खेर जाने खतरा छ,’ कांग्रेस काठमाडौं क्षेत्र नं. ५ ले गरेको कार्यक्रममा उनले भने, ‘जसरी पनि चुनाव गर्नुपर्छ ।’ उनले प्रमुख विपक्षी एमालेसहित सत्तारुढ माओवादी र मधेसी दलसँग कांग्रेसले निरन्तर संवाद गरिरहेको बताए ।
देउवाले स्थानीय निकायको चुनाव तत्कालै गर्नुपर्ने बताउँदै प्रदेश र संघको निर्वाचन सँगै गराउँदा पनि फरक नपर्ने बताए । उनले चुनावमा द्विविधा नपाल्न पनि आग्रह गरे । ‘चुनाव हुन्छ, हुन्छ, हुन्छ,’ उनले भने ।
क्षेत्रीय सभापति रमेश खड्काले कार्यकर्ताहरु स्थानीय चुनावको प्रतिक्षामा रहेको बताउँदै तत्काल मिति घोषणा गर्न आग्रह गरे ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 142