Aamsanchar

राति १० बजेपछि देउसी नखेल्नु, पटका पड्काए कारबाही

Author Image
शनिवार, कार्तिक १३, २०७३

अर्घाखाँची,

download

अर्घाखाँचीमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । प्रशासनले देउसी भैलोलगायतका साँस्कृतिक कार्यक्रम रातको समयमा गर्दा शान्ति सुरक्षामा असर पर्ने भन्दै १० बजेपछि खेल्न नपाउने निर्णय गरेको हो ।

अवाच्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पुर्याउन सक्ने भन्दै प्रशासनले विज्ञप्ती मार्फत सूचना जारी गरेको छ । देउसी भैलोलगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दा मर्यादित एवं शान्तिपूर्ण तवरले राति १० बजेसम्म मात्र खेल्न  विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तिहार र छठ जस्ता पर्वहरुमा भुइचम्पा र पटका जस्ता विस्फोटक पदार्थको प्रयोगबाट सर्वसाधरणको स्वास्थ्यमा प्रतिकुल असर पर्नेे भन्दै पटका पड्काउन पनि रोक लगाएको छ ।

चोटपटक तथा अङ्गभङ्ग हुने, आगलागी भई जनधनको क्षति हुन सक्ने भएकोले तिहार तथा छठपर्वहरुको अवसरमा त्यस्ता विष्फोटक पदार्थको उत्पादन, आयात, निर्यात, बिक्री वितरण, ओसारपसार तथा प्रयोग नगर्न र आफ्ना बालबच्चालाई भुइचम्पा, पटका जस्ता प्रज्वलनशील पदार्थको प्रयोग गर्न नदिन पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर