Aamsanchar

बल्न थाल्यो विर्तामोडमा सडक बत्ती

Author Image
शनिवार, कार्तिक १३, २०७३

 

नेपाल सरकार उर्जा मन्त्रालयको ६५ प्रतिशत, नगरपालिको १५ प्रतिशत र स्थानिय उपभोक्ताको २० प्रतिशत लगानीमा सुरु गरिएको सडक सोलार बत्ती बिर्तामोड नगरपालिकामा बल्न सुरु भएको छ । बिर्तामोडको पुरानो भद्रपुर रोडमा जडान गरिएको बत्ती मध्य शनिबार आठ वटा बत्ती बालेर सोलर बत्तीको उद्घाटन गरिएको छ ।

b3

 

सडक सौर्य बत्ती मुल उपभोक्ता समन्वय समितिका संयोजक उमेश डालमिया, पुरानो सडक सौर्य बत्ती उपभोक्ता समितिका अध्यक्ष राजकुमार पोखरेल, सचिव रविन्द्र भट्टराई, क्षेत्र नं. २ का सामसद् शुधिरकुमार शिवाकोटी, राप्रपा नेपालका केन्द्रिय महामन्त्री राजेन्द्र लिङदेन,उद्योग बाणिज्य संघ बिर्तामोडका उपाध्यक्ष कुमार भट्टराई,समाजसेवी सुरेश बंशल, समाजसेवी राजेन्द्र थापा लगायतको उपस्थितीमा सौर्य बत्तीको उद्घाटन भएको थियो । 

 

b4

बिर्तामोड नगरपलिकामा ५ सय ३८ वटा सडक बत्ती जडान गरिएको छ भने जस अनुसार जम्मा लागत ६ करोडको हाराहारी हुन आउने मुल समन्वय समितिका सदस्य समेत रहेका रविन्द्र भट्टराईले जानकारी दिए । बाकी बत्ती १५ दिन भित्रमा बाली सक्ने लक्ष्य समितिले लिएको छ । 

विर्तामोडको पुरानो सडकमा विकासको नमुना स्वरुप सडक बत्ती बलेपनि सडकको अवस्था भने जिर्ण छ । दैनिक सयौं सवारी आवत जावत गर्ने सडक पक्की कालोपत्रे नहुदा सडकमा सवारी गुडदा उडने धुलोका कारण सडक आसपासमा बसोबास गर्ने बासिन्दा, व्यपारीहरु र सर्वसाधारणले सास्ती व्यहोर्दैै आएका छन ।

सडक तत्काल कालोपत्रे नभएसम्म सडक किनारमा जडान गरिएका बत्ती केही महिनामै धेलोको कारण नबल्ने अवस्थामा पुग्ने निस्चित त छदै छ सदियौ देखि दुलोका कारण बसिनसक्नु बनेका स्थानियले विकासको अनुभूती गर्न सक्ने अवस्था पनि छैन । 

सब्द, तस्वीर : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर