Aamsanchar

मिठाइ र फलफूल किन्दा ध्यान डाक्टरको सुझाव

Author Image
आइतवार, कार्तिक १४, २०७३

काठमाडौं,

sweets-

रङ नमिसाइएका र थोरै चिल्लो भएका खानेकुरा मात्र खान डाक्टरले सुझाव दिएका छन् । तिहारको बेलामा खाइने सेलरोटीमा धेरै चिल्लो तथा बजारमा राखिएका मिठाईमा रङ मिसाइने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन् ।

धेरै चिल्लो र रङ भएको खानेकुराले ग्यास्ट्रिक, उच्च रक्तचाप, हृदयाघात लगायतका समस्या निम्तने जोखिम धेरै हुने भएकाले मिठाई वा अन्य परिकार बनाउँदा गुणस्तरीय घिउ, तेल प्रयोग गर्न र मिसावट रहित खाद्यपदार्थ प्रयोग गर्न पनि डाक्टरको सुझाव छ ।

पुरानो, सिल तोडिएको, नमिठो गन्ध आउने, म्याद सकिएको घिउ स्वास्थ्यका लागि घातक हुने गर्छ । घरमै राम्रो घिउ, तेल र मैदाबाट बनाइएको मिठाई वा अन्य खाने कुरा पनि बिहान वा बेलुकाको समयमा नखान डाक्टरको सुझाव छ ।

भाइटिकाको दिन दिदीबहिनीले बन्द बट्टाका लालमोहन लगायत मिठाई पनि कोसेलीका रूपमा दाजुभाइलाई दिने चलन छ । तर, बन्द बट्टाका खानेकुरा विष खानुजस्तै भएकाले उपहारस्वरुप दिइने मसला र फलफूल किन्दा पनि ध्यान दिन डाक्टरको सुझाव छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर