काठमाडौँ:

एमाले मध्यपुर नगर समन्वय कमिटीले आइतबार बालकुमारीमा आयोजना गरेको शुभकामना आदनप्रदान एवम् तुच्चा कार्यक्रमा उनले आफूले सरकार छाडेसँगै गुडिरहेको बस रोकिएर ठप्प भए जस्तै देशको सबै काम ठप्प भएको आरोप लगाए ।

नेपालको एकता, राष्ट्रियता र अखण्डतालाई कसैले तलमाथि गर्न नसक्ने बताउँदै उनले अब तत्काल फसेको गियर छिट्टै निकाल्ने बताउदै पुनः प्रधानमन्त्री बन्ने संकेत गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावपछि पुष्पकमल दाहाल नेतृत्वको सरकार संकटमा परेको चर्चा चल्दै गर्दा ओलीले यस्तो बताएका हुन् ।

फसेको गियर निकालेपछिट रोकिएका काम सबै अघि बढ्नेसमेत बताएका छन् । आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका विकासका कार्यक्रम काम फेरि सुरु हुने ओलीको भनाइ छ ।

युवाले देशलाई समृद्ध बनाउन सक्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने बताउँदै उनले अझै पनि नेपालमा जातजाति र भाषाभाषीलाई उचालेर द्वन्द्व सिर्जना गराउने तत्व सक्रिय रहेकाले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।

