Aamsanchar

देउसी खेल्नु यसरी,प्रवासी नेपालीको देउसी धरहरा पुनर्निमाणलाई

Author Image
आइतवार, कार्तिक १४, २०७३

14825739_10210038302570892_1925609634_n

[भरत शिवाकोटी]

युएई

युएईमा कृयासिल रहेको नेकपा एमालेको जन संगठन प्रवासी नेपाली मन्च युएई ले शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम २८ अक्टोबर शुक्रबारबाट शुरु गरेको छ । मन्चका नेता, कार्यकर्ता तथा स्थानीय कलाकारहरु सहित नेपालीहरुको उल्लेख्य सहभागीतामा सन्चालन गरिएको देउसी भैलोमा मादल,खैजेरी, मजुरा र थप्पडी बजाएर भैलो खेल्दै कम्मर मर्काइ मर्काइ नाच्दा सम्पूर्ण नेपालीहरुको छाती गर्वले ढक्क फुलेको त थियो नै कतिपय ठाउँमा अन्य देशबाट युएईमा श्रम गर्न आएका जनामानासहरुले समेत निक्कै मनोरन्जन गरेका थिए । प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिलाई जीवन्त राख्दै खेलिएको देउसीले नेपालको झ-झल्को गराएको प्रतिकृया दिदै अधिकाङस व्यवसायी तथा समाजसेवी र अन्य व्याक्तित्वहरुले खुशी व्यक्त गरेका छन । डयुटिका कारण नभ्याउने भएपछी काग तिहार शुरु भएकै दिन मन्चले युएई अन्तर्गतका अबुधाबी, सारजाह, दुवई लगायतका क्षेत्रमा आफ्ना कमिटीहरु परिचालित गर्दै एकैसाथ नेपाली व्यवसायी तथा व्याक्तिहरुलाई पुर्व सुचना गरेर देउसी भैलो खेलेको हो ।

२०७२ को विनासकारी भुकम्पले तहसनहस पारेको रास्ट्रको धरोहर धरहरा पुनर्निर्माण गर्न नेकपा एमालेका अध्यक्ष तात्कालिन प्रधानमन्त्री केपी ओलीले मेरो धरहरा म आँफै बनाउछु भन्ने मुल नाराका साथ आफ्नो एक महिनाको तलब दिएर सम्पूर्ण नेपालीहरुको सहभागितामा धरहरा पुनर्निर्माण अभियान उदाघोस गर्दै सहयोग गर्न अपिल गरे अनुरुप यसपालिको देउसी भैलो बाट सन्कलन भएको रकम सहित विभिन्न व्याक्तित्व तथा व्यवसायीहरुले यस भन्दा अगाडि धरहरा पुनर्निमाणका निमित्त गरेको स्वेच्छिक सहयोग गरि कुल रकम उक्त कार्यमा जम्मा गरिने जानकारी प्रवासी नेपाली मन्च युएईका अध्यक्ष श्याम कडेलले दिएका छन ।

देउसीको उदेश्य रास्ट्रको धरोहर निर्माण सँग गाँसिएको हुनाले देउसीमा सहभागी सम्पूर्ण साथीहरु उत्साहित रहेको र देउसी खेलिएका ठाँउहरुबाट राम्रो दक्षिणा प्राप्त भएको जानकारी मन्चका निवर्तमान अध्यक्ष तथा देउसीभैलो कार्यक्रमका सम्योजक प्रकाश कोइरालाले जानकारी दिएका छन । स्मरण रहोस, विगतदेखी नै प्रवासी नेपाली मन्च युएईले देउसीभैलो सन्चालन गर्दै आएको छ र उक्त कार्यबाट सन्कलित रकम विभिन्न सामाजिक तथा राष्ट्रिय कार्यमा खर्च गर्दै आएको छ ।

C:\Users\hp\Downloads\video-1477662841.mp4.crdownload

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर