Aamsanchar

दीपावली गर्ने क्रममा आगलागी, चार घर जलेर नष्ट

Author Image
सोमवार, कार्तिक १५, २०७३

कपिलवस्तु,aago

दीपावली गर्ने क्रममा आगलागी हुँदा कपिलवस्तु नगरपालिका–१० सिकोटवामा चार घर जलेर नष्ट भएका छन् । लक्ष्मी पूजा गरेर घरमा दीपावली गर्दा दियोबाट आगो सल्केको हो ।

आगलागीका कारण स्थानीय शिब्वड रैदास, राम विलास रैदास, राजु रैदास र भिख्खु रैदासको घर नष्ट भएको छ । आगलागीबाट ४ वटा सिलाई मेसिन, दुईवटा ईन्टरलक मेशिन, ७ हजार रुपैयाँ नगद र घरमा रहेका सबै लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी पीडितलाई सोमबार कपिलवस्तु नगरपालिकाको सहयोममा त्रिपाल, खाना पकाउने भाडाँ, एक हप्तालाई पुग्ने राशन लगायतका सामग्रीहरु प्रदान गरिएको कपिलवस्तु नगरपालिका कर्मचारी जीवनाथ पाण्डेले बताउनुभयो

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर