Aamsanchar

‘कात्तिकभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता हुन्छ’

Author Image
सोमवार, कार्तिक १५, २०७३

काठमाडौंः

ramchandra_paudel-400

सत्तारुढ दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशी मोर्चाको माग सम्बोधनको लागि संविधान संशोधन गर्नेवारेमा सहमति भएको बताएका छन्।

पौडेलले संविधान संशोधन गर्नेबारे सत्तारुढ दल र मधेशी मोर्चावीच सहमति भएको बताएका हुन्। पौडेलले भने,‘अब कार्तिकभित्रै संविधान संशोधन हुन्छ, यसको लागि दलहरुवीच सहमति भएको छ, हिजोको बालुवाटारको बैठकमा दलहरु यसबारेमा सहमतिमा पुगेका छाैं।’

बरिष्ठ नेता पौडेलले मधेसी मोर्चाले भनेबमोजिम प्रदेशको सिमांकन, भाषा विवाद, नागरिकताको सवाल, राष्ट्रिय सभाको स्वरुप लगायतका विषयमा दुवै पक्षवीच कम्प्रोमाईज गर्ने सहमति बनेको खुलासा गरे।

सोमबार रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा देउसी–भैलो खेल्न पुगेको पत्रकारको टोलीसँगको कुराकानीमा बरिष्ठ नेता उनले प्रमुख दलहरुको सामू तीनवटै निकायको चुनाव समयमै सम्पन्न गर्नु प्रमुख चूनौति रहेको उल्लेख गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर