इटहरी ।
इटहरी उपमहानगरपालिका–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा आज बिहान ४ बजेतिर एक युवकले गोली चलाउँदा दुई जना घाइते भएका छन् ।
हिजो होटलमा बस्न आएका सङ्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि बस्दै आएका धनकुटा निवासी तोर्ण पौडेल घाइते भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभएको छ ।
घाइते दुवैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ लगिएको र गोली चलाउने थापा फरार भएकाले उसको खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।
घटनास्थलबाट पड्किएको चारवटा गोलीको खोकासमेत प्रहरीले बरामद गरेको छ । रातभर जुवा, तास खेल्ने क्रममा झगडा हुँदा गोली चलेको हुनसक्ने प्रहरीको अनुमान छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 108