हिन्दू धर्मका आराध्य देव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ। जसलाई यो संसारको पालण कर्ता मानिन्छ। जसले यो शृष्ठी चलाएको मानिन्छ।हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अंग हुन्। भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो। भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन्। जब जब पृथ्वीमा पाप बढ्दै गयो हत्या हिँसा लुट पात चोरी डकैती आदी खराब कर्मको वृदी भयो तब तब भगवान विष्णु कुनै न कुनै रूपमा पृथ्वीमा जन्मिए। पापिहरू नाश गरेर धर्मको उदार गरे। हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनंत छन्। तर पृथ्वीमा जन्म लिएको आधारमा विश्णुका २४ वटा अवतार मानिन्छन्। ति मध्य दस मुख्य अवतार र बाँकीका सहायक अवतारको बर्णन गरिएको पाइन्छ।

प्राथना
शांताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगम् । लक्ष्मीकांतं कमलनयनं योगिभिर्ध्यान गम्यम् वन्दे विष्णुं भव भयहरं सर्वलोकैक नाथम् ।।

शांत आकार भएका, शेष नागमा सुतेका, नाभिमा कमल भएका, जो विश्वका आधार छन्, आकाशको जस्तै रंग भएका, मेघको जस्तै वाणि भएका, जसको अंगनै शुभ र शोभायमान छ, लक्ष्मीसाथमा लिने, एकांतमा रहने, कमलको फूल झैँ नेत्र भएका, योगीहरूले प्रार्थना गरिएका, हे! प्रभु संसारको भय दुर गरिदिनुस् मेरो यही बंदना छ।”””

