Aamsanchar

लोकमानसिंहले प्रधानमन्त्री बन्ने षड्यन्त्र गरेकाले महाभियोग

Author Image
मङ्गलवार, कार्तिक १६, २०७३

रुकुम ।

ऊर्जामन्त्री जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढङ्गले प्रधानमन्त्री बन्ने षड्यन्त्र गरेकाले महाभियोग प्रस्ताव ल्याउनुुपरेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) रुकुमले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत गर्नुभयो ।

कार्कीले ‘राज्यलाई नै आतङ्कित गरेर शक्ति हत्याउने खेल खेलेकाले’ उनलाई महाभयोगबाट हटाई आवश्यक सजाय दिलाउने तयारी गरिएको मन्त्री शर्माको भनाइ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर