Aamsanchar

कारागारमा छाला रोगको प्रकोप

Author Image
बुधवार, कार्तिक १७, २०७३

चितवनः

jel

चितवनको भरतपुरस्थित जिल्ला कारागारमा छाला रोगको प्रकोप फैलिएको छ । क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको भरतपुर कारागारमा दाद, छाला चिलाउने, विभिन्न बिबिरा आउने तथा एलर्जी देखिएको कारागारका चौकीदार अमृत गुरुङले जानकारी दिए ।

कारागारमा रहेका झन्डै ६ सय कैदी र थुनुवामध्ये ५० प्रतिशतमा रोग देखिएको गुरुङले बताए । छाला रोगको प्रकोप नै फैलिएपछि कैदी र थुनुवाले उपचार गरी पाउँ भन्दै कारागार व्यवस्थापनलाई निवेदन समेत दिएका छन् ।

कारागारभित्रै कैदीको रुपमा रहेका अहेव तथा मेडिकल नाइके ओदारी महतोले छालाको रोग देखिएको लामो समय भए पनि अहिले भने रोग बढेर गएको जानकारी दिए ।

महतो कैद भुक्तान गरिरहेका कैदी र थुनुवालाई कारागारभित्रै उपचार गर्ने मेडिकल प्राविधिक हुन् । भित्रको औषधिले नभेटेकाले बाहिरबाट औषधि र चिकित्सक ल्याउनुपर्ने महतोको भनाइ छ ।

कारागारमा छालाको रोग बढेको बताउँदै कारागार प्रमुख कमल काफ्लेले रोगको उपचारका लागि बाहिरबाट औषधि र चिकित्सक ल्याउने तयारी भएको जानकारी दिए ।

यो वर्ष कैदी र थुनुवाको उपचारका लागि भनेर १० लाख रकम सरकारबाट सहयोग आएको कारागार प्रशासनले जनाएको छ ।
अहिले नियमित उपचार गर्ने अन्य बिरामी क्यान्सरका पाँच जना, टिभीका पाँच जना, हेपाटाईटिसका दुई जना तथा अधिकांश उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको कारागारले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर