Aamsanchar

१० करोडले हेरिसकेको तरकारीको भारी बोक्ने नेपाली चेलीको यो तस्वीर

Author Image
बुधवार, कार्तिक १७, २०७३
यी मेहनती युबतीलाई साधुबाद   ! नेपाली युवा पुस्तामा आएको ‘समय चेतना र मिहेनत’ गर्ने संस्कारको जबरजस्त नमूना । अहिलेसम्म यो तस्वीर १० करोडले हेरिसकेको भन्ने बुझिएको छ । यी मेहनती युबतीलाई साधुबाद   ! तस्वीरःकेदार खड्काको फेसबुकबाट

यी मेहनती युबतीलाई साधुबाद !
नेपाली युवा पुस्तामा आएको ‘समय चेतना र मिहेनत’ गर्ने संस्कारको जबरजस्त नमूना । अहिलेसम्म यो तस्वीर १० करोडले हेरिसकेको भन्ने बुझिएको छ । यी मेहनती युबतीलाई साधुबाद !
तस्वीरःकेदार खड्काको फेसबुकबाट

14642170_10208267624790851_4301426422910443781_n

काठमाडौं  |

‘तरकारीवाली’ ह्यासट्याक (#tarkariwali) का साथ नाम्लोमा तरकारीको भारी बोकेर झोलुङ्गे पुल तर्दै गरेकी एक नेपाली चेलीको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ।

सुन्दर अनुहारमा मन्द मुस्कानका साथ तरकारीको भारी बोकेर पुल तर्दै गरेको उनको तस्बीरलाई समामाजिक सञ्जालमा धेरैले मन पराएका छन्। साथमा खुला बजारमा तरकारी पसल राखेर तरकारी बेच्दै गरेको अर्को तस्बीर पनि साथै सामाजिक सञ्जालमा छाएको छ।

सुन्दर पहाडी इलाकाको कुनै गाउँबाट तरकारी बोकेर झोलुङ्गे पुलमार्फ बजारमा लगेर तरकारी बेच्ने काम गर्ने युवती हुन् भन्ने तस्बिरबाट अनुमान लगाउन सकिन्छ ।

यसअघि, पाकिस्तानका एक चिया बेच्ने केटा आफ्नो नीलो आँखाका कारण इन्टरनेटमा भाइरल बनेका थिए। उनलाई मोडलिङको अफर समेत मिलेको थियो। यसैगरी भाग्यले साथ दिएपछि उनी चिया बेच्नेबाट मोडल बने। उनी सिनेमा पनि देखिने तयारी गर्दैछिन् भन्ने खबर पनि आउन थालेको छ।

केही दिन पछि उनले मोडलिङ गरिरहेको तस्बिर देख्दा छक्क पर्नुपर्दैन । उनको यो तस्बिरलाई अहिलेसम्म १० करोडभन्दा बढि मानिसले हेरिसकेका छन् ।
यसअघि एक पाकिस्तानी चिया पसलेको फाटोले यस्तो महत्व पाएको थियो । जसका कारण ती पाकिस्तानी युवालाई मोडलिङको कैयौं अफर आएको बताइन्छ ।

के इन्टरनेटमा भाइरले भएको तरकारीवालीको तस्बीरले पाकिस्तानी चियावालाकाे जस्तै उनको पनि भाग्य बदल्न सक्ला त ? के उनलाई उनको भाग्यले तरकारी बेच्ने केटीबाट एक मोडल वा सेलिब्रेटी स्टार बनाउन सक्ला ?

Views: 134

प्रतिक्रिया (०)