नेपालगन्ज ।
सुर्खेतको आग्री गाँउस्थित देउली प्रहरी चौकीबाट स्थानीयवासीले लुटेका हतियार प्रहरीले पुनः आप्mनो नियन्त्रणमा लिएको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालका अनुसार, करिब ३० जनाको संख्यामा रहेका स्थानीयले घरेलु हतियारसहित प्रहरी चौकीमा आक्रमण गरी प्रहरीको हतियार खोसेका थिए ।
उहाँका अनुसार, स्थानीयले चौकीमा रहेको दुई थान राइफल, चाइनिज पेस्तोल एक थान, हतकडी एक थान र करिब १५८ राउण्ड गोली लुटेकोमा प्रहरीले सो हतियार अहिले आप्mनो नियन्त्रणमा लिइसकेको छ ।
गएराति रक्सी सेवन गरेका युवा समूह र एक जना चौकीका सिपाहीबीच विवाद भएको केही समयपछि स्थानीयको समूहले चौकीमा आक्रमण गरी तोडफोड गर्नुका साथै ति हतियार लुटेका थिए ।
सो घटनापछि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षकको कमाण्डमा सर्च अप्रेशन भइरहेको उहाँले जानकारी गराउनु भयो ।