Aamsanchar

गोपनियता खोल्न नहुने

Author Image
बुधवार, कार्तिक १७, २०७३

काठमाडौँ ।

पछिल्लोपटक जारी पत्रकार आचारसंहिता–२०७३ ले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिका विषयलाई समेत प्राथमिकता दिएको छ ।

पत्रकार आचारसंहिता– २०६० (संशोधन तथा परिमार्जित– २०६४) ले समेट्न नसकेका केही विषय नयाँ आचारसंहिता २०७३ ले थप गरिएको हो ।

नयाँ आचारसंहिताअन्तर्गत पत्रकार र सञ्चारमाध्यमले गर्न नहुनेमध्ये बुँदा नं–१४ मा “मर्यादा र आत्मसम्मानमा प्रतिकूल असर” र “बालबालिकालाई तत्कालीन तथा दीर्घकालीन हानि हुने गरी समाचार सङ्कलन तथा सम्प्रेषण गर्नुहुँदैन” भनिएको छ ।

त्यसैगरी कानुनविपरीत कार्य वा बाल बिझ्याइमा संलग्न बालबालिकासम्बन्धी समाचार सामग्री सम्प्रेषण गर्दा बाल न्यायको सिद्धान्त विपरीत गोपनियता खोल्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।

पत्रकारिता क्षेत्रमा भएको विकास र विकृति विसङ्गतिलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालले गत असोजमा आचारसंहिता जारी गरेको हो । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले नयाँ आचारसंहिताले सबै क्षेत्रलाई समेटेको हुँदा त्यसको कार्यान्वयनका लागि अपिल गर्नुभयो ।

आचारसंहितामा पत्रकार तथा सञ्चारमाध्यमले अशक्त, असहाय तथा अल्पसङ्ख्यक समुदायका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पु¥याउन नहुने विषयलाई जोड दिइएको छ ।

“पत्रकार तथा सञ्चारमाध्यमले महिला तथा ज्येष्ठ नागरिकका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पु¥याउनु हुँदैन”–आचारसंहितामा भनिएको छ । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्ली गिरीले पत्रकार आचारसंहिता २०७३ ले बालबालिकाको सम्बन्धमा पत्रकारले गर्न नहुने विषयको रूपमा समावेश गर्नु आफैँमा सकारात्मक भएको बताउनुभयो ।

“सोह्रवर्ष उमेर पूरा नभएका बालबालिकाको अन्तवार्ता वा तस्बिर अभिभावक, संरक्षक वा परिवारको अनुमतिबिना लिनु हुँदैन”–आचारसंहितामा भनिएको छ । आचारसंहितामा आपराधिक गतिविधिमा संलग्न बाबुआमा वा परिवारका सदस्यको समाचार दिँदा बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुछ्नु हुँदैन समेत भनिएको छ ।

अन्तर्राष्ट्रिय अभ्यास, सञ्चारविज्ञलगायत सबैको सल्लाहमा काउन्सिलले पुरानो पत्रकार आचारसंहितालाई संशोधन गरी नयाँ आचारसंहिता २०७३ ल्याएको हो । सो संहितामा पत्रकार र सञ्चारमाध्यमले गर्नुपर्ने र गर्न नहुने कुरालाई १५÷१५ बुँदामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)