Aamsanchar

मुलुक हाँक्ने जिम्मा महिलाको काँधमा

Author Image
बिहिवार, कार्तिक १८, २०७३

पाँचथर ।

mahila-adhikar

नेपाली काँग्रेसकी नेत्री तथा नेपाल महिला सङ्घकी महासचिव धना खतिवडाले अब महिला मुलक हाँक्न सक्ने क्षमतामा पुगिसकेको बताउनुभएको छ ।

महिलालाई काम गर्ने अवसर दिए हरेक क्षेत्रमा सक्षम, सबल र क्षमता प्रदर्शन गर्न सक्ने महिला आउँदै जाने उहाँले बताउनुभयो ।

पाँचथरको फिदिममा बुधबार साँझ रासससँग कुराकानी गर्दै उहाँले अब महिला थपनाका लागि मात्रै नभएर नेतृत्व प्रदर्शन गर्ने किसिमका आउने बताउनुभयो । महिलाको चौतर्फी क्षमता विकासका लागि महिला सङ्घले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने उहाँको भनाइ थियो ।

उहाँले सबै दल एकमत भएर संविधान संशोधन गर्दै यसको कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो । जसरी पनि विसं २०७४ माघभित्रमा स्थानीय, प्रदेश र सङ्घको चुनाव गरिसक्नुपर्ने र तीनै तहमा सक्षम, सबल र क्षमतावान् महिला आउने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर