Aamsanchar

महिला बिरामीको ‘पाद’का कारण अस्पतालमा आगलागी, बिरामी घाइते

Author Image
बिहिवार, कार्तिक १८, २०७३

14371222101478015175986एजेन्सी –

एउटा अनौठो घटनाका कारण जापानको एउटा अस्पताल समाचारको रोचक शीर्षक बनेको छ । एक जना विरामीको बायू (पाद) का कारण आगो निस्कदा अस्पतालको शल्यकक्षमा आगो फैलिएको र बिरामी गम्भीर घाईते बनेको अस्पतालले निस्कर्ष निकालेको छ । यो घटना टोकियो मेडिकल सेन्टरमा हालै भएको हो । जापानको पत्रिका आशाही सिम्बुनका अनुसार ३० वर्षीय महिला उपचारको लागि सो अस्पतालमा गएकी थिइन् । उनै महिलाको वायूका कारण शल्यकक्षामा आगोलागी भएको अस्पतालले आरोप लगाएको हो । सो घटनाको अनुसन्धान गर्न अस्पतालले छानविन प्यानल नै गठन गरेको थियो ।  प्यानलले आगलागी हुनुमा महिला दोषी ठहर गरेको छ । ‘सम्पूर्ण उपकरणहरु सामान्य रुपमा सञ्चालित थिए तर महिलाको ग्यासले लेजरमा आगो सल्किदा अन्तमा शल्यकक्षभित्र आगो लागेको पाइएको छ, ’  शल्यकक्षमा बिरामीलाई लागेको आगोबारे अनुसन्धान गर्न गठित एउटा प्यानलले निस्कर्ष निकालेको छ । ‘जब बिरामीको अन्तरिक ग्यास शल्यकक्षामा चुहावट भयो, यसले लेजरको विकिरणमा आगो सल्कायो । आगो  बिस्तारै फैलिएर शल्यकक्षाको पर्दामा फैलिई आगलागि भयो,’ रिपोर्टमा भनिएको छ । शल्यक्रियाका कक्षमा आगो लाग्ने कुनै पनि सामाग्री नभएको अस्पतालले जनाएको छ ।

‘जब उनको शल्यक्रिया सुरु भयो उनले बायू छोडिन् । जसका कारण आगो लाग्यो’, जापानी पत्रिका आसई सिम्बुनले जनाएको छ । आगोका कारण उनको कम्मर, खुट्टा लगायत अधिकांश भाग जलेको सो पत्रिकाले जनाएको छ । महिलाले वायू छोडेपछि उनको गर्भाशयको द्धारमा लेजर प्रयोग गरिएको अस्पतालले गरेको अनुसन्धानमा उल्लेख छ । सो  अगालागीले बिरामीको अधिकांश शरीर जलेको बताइएको छ, तथापी उनको अवस्थाबारे अस्पतालले बिस्तृत विवरण खुलाएको छैन् ।   वासिंगटन पोस्टका अनुसार मानिसको शरीरबाट उत्पन्न हुने मिथेन र हाइड्रोजन ग्याँसबाट आगो लाग्ने सम्भावना हुन्छ । महिलाको वायूकै कारण अस्पतलामा आगलागि भएको घटना भने आफैमा नौलो हो । घटना नयाँ भए पनि पहिलो भने नभएको सो अस्पतालका चिकित्सक बताउछन् । सो घटना अप्रिल १५ मा भएको भएपनि अस्पतालले दुई दिनअघिमात्र सार्वजनिक गरेको हो । टोकियो मेडिकल युनिर्भसिटीलाई जापानकै प्रख्यात मेडिकल सेन्टर मानिन्छ । सो अस्पतालमा रोवोटको प्रयोग गरी शल्यक्रिया समेत गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर