Aamsanchar

लोकमानविरुद्ध सर्वोच्चमा अर्को मुद्दा

Author Image
बिहिवार, कार्तिक १८, २०७३

झापा ।lokman

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध अदालतमा म्याद तामेलीमा अवरोध गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीसहित उनका ज्वार्इं प्रवल थापा लगायत ४ जना र अन्य ‘प्रतिकार समूह’ले म्याद तामेलीमा अवरोध गरेकाले उनीहरुलाई कारवाहीको माग राखी सर्वोच्चमा उजुरीपत्र दर्ता गराएका हुन् ।

म्याद तामेलीमा अवरोध गरे मुलुकी ऐनको अदालतको बन्दोबस्तीसम्बन्धी महल अनुसार १५ दिन कैद, एक हजार रुपैंया जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । उजुरीमा कृषि विकास बैंकका अध्यक्ष एवं पूर्व कानून सचिव प्रमोद कार्की र महानगरिय प्रहरी वृत्त बानेश्वरका सई नकुलराज गौतमलाई पनि विपक्षी बनाइएको छ ।कान्तिपुरबाट

 

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर