Aamsanchar

सुनसरीका ५० भन्दाबढी विद्यालयका प्रधानाध्यापक अयोग्य

Author Image
शुक्रवार, कार्तिक १९, २०७३

सुनसरी,

download

सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक कम योग्यताका रहेको स्थानीयबासन्दाले गुनासो गरेका छन् ।

जिल्लाका ५० भन्दा बढी माध्यमिक विद्यालयमा प्रावि र निमावि तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेबारी निर्वाह गरिरहेका कारण विद्यालयका प्रधानाध्यापक अयोग्य रहेको स्थानीयबासिन्दाले गुनासो गरेका हुन् । शिक्षा क्षेत्रको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेलामा यहाँका अधिकांश प्रधानाध्यापकनै अयोग्य रहेकाले शैक्षिक गुणस्तर खस्केको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् ।

शिक्षाजस्तो संवेदनशील र देश विकासको मेरुदण्ड मानिएको क्षेत्रमा काम गर्ने कर्मचारीनै अयोग्य भएपछि देसको अवस्था कस्तो हुन्छ होला भन्ने कुरा सहजै अनुमान गर्न सकिने स्थानीयबासिन्दाको गुनासो रहेको छ । शिक्षा मन्त्रालयले २०७० को साउनमा नै माध्यमिक तहको प्रधानाध्यापकको योग्यता स्नातकोेत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने निर्देशन जारी गरेको भएपनि सुनसरीमा अधिकांश प्रधानाध्यापक कम योग्यता भएका पाइएको छ ।

क्षेत्रीय शिक्षा निर्देशानालय, धनकुटाले दुई वर्ष अगाडि नै एक वर्ष्भित्र योग्यता पुगेका प्रधानाध्यापकलाई जिम्मेवारी दिने र अयोग्यलाई व्यवस्थापन गर्ने भनिएपनि त्यसको कार्यान्वयन नभएको कारण अयोग्य प्रधानाध्यापकको जमात बढ्दै गएको स्थानीयबासी बोधनारायण मेहताले गुनासो पोख्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर