Aamsanchar

छोरीले गरिन् आमाको किरिया

Author Image
शुक्रवार, कार्तिक १९, २०७३

[अर्जुन आचार्य]

विराटनगर :  

kriyaputri_Wijm2WbWq3

विजयपुरकी ३३ वर्षकी ज्योति तिम्सिना अहिले आमाको किरियामा छिन्। कात्तिक ८ गते ७६ बर्षकी भुवनेश्वरी उपाध्याय तिम्सिनाको श्वासप्रस्वासको समस्याका कारण मृत्यु भएपछि एकमात्र सन्तान ज्योति किरिया बसेकी हुन्।

आमाको रेखदेख र स्याहारसुसार आफैले गर्दै आएकाले आमाको मृत्युपछि पनि सम्पूर्ण मृत्यु संस्कार गर्न पाउनु आफ्नो अधिकार भएको ज्योति बताउँछिन्। समाजमा बुवा–आमाको काज किरिया छोराले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोच हावी छ। तर, यसमा परिवर्तन ल्याउन आफू आमाको किरिया बसेको ज्योतिको भनाइ छ।

लिंगको आधारमा छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्न र छोरीले पनि जन्मदिने बुवाआमाको रेखदेखका साथै मृत्युपछि गरिने संस्कारमा सहभागी हुन सक्छन् भन्ने उदाहरणको रूपमा ज्योतिलाई लिन सकिने सामाजशास्त्रका प्राध्यापक चन्द्र उपाध्याय बताउँछन्।

सन्तानको नाममा एक मात्रै उनले आमाकै लागि बिवाह नगरी बसेकी थिइन्। यसअघि नै बुबाको मृत्यु भएकाले आफ्नो विवाह पछि आमाको ख्याल राख्ने कोही हुँदैन भन्ने चिन्ताले उनले विवाह समेत नगरेको आफन्तहरू बताउँछन्।

काज किरिया गर्ने आँट गरेपछि स्थानीयले छोरीलाई पनि छोरा सरह व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिएको बताएका छन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर