तेह्रथुम।

तेह्रथुमको फुलबारी-७ मा लिङगे पिङबाट लडेर बिहिबार एक युवकको मृत्यु भएको छ।

तेह्रथुम सँक्रान्ती-२ घर भई फुलबारी ७ पँधेरेस्थित फुपु अमृता लिम्बुको घरमा बस्दै आएका ८ वर्षिय नविन चोङवाङ दशैमा लागेको लिङे पिङमा झुण्डिनेक्रममा लडेर गम्भीर घाइते भएका थिए।

उवको उपचारकालागी जिल्ला अस्पताल ताप्लेजुङतर्फ ल्याउनेक्रममा सोही साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।


घटनास्थलमा ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरिएको छ।
Views: 158

