Aamsanchar

दमकल खरिद गर्ने

Author Image
शनिवार, कार्तिक २०, २०७३

उर्लाबारी  ।

images

स्थानीय विकास मन्त्रालयले मोरङको रङ्गेली नगरपालिकालाई दमकल उपलब्ध गराउने भएको छ ।

स्थानीयवासीको मागअनुसार दमकल खरिदका लागि मन्त्रालयले नगरपालिकालाई रु ६० लाख उपलब्ध गराएको छ । आगलागीबाट बर्सेनि यसक्षेत्रमा ठूलो धनजनको क्षति हुँदै आएको छ । आगलागी नियन्त्रणमा सहयोग पुरियाउने उद्देश्यले दमकल खरिद गर्न रकम विनियोजन भएको रङ्गेली नगरपालिकाका कार्यकारी अधिकृत गणेशबहादुर कार्कीले बताउनुभयो ।

दमकलले नगरपालिका क्षेत्र मात्र नभएर पूर्वी मोरङको १८ वटा गाविसलाई समेत सेवा पु¥याइने जनाइएको छ । रकम आइसकेकाले खरिद प्रक्रिया अगाडि बढाउन लागिएको प्रमुख कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर