Aamsanchar

गाडिएको अवस्थामा शिशुको शव फेला

Author Image
शनिवार, कार्तिक २०, २०७३

पर्वत।

baby-feet-3-390x285

पर्वत लिमिठाना –८ चिर्दीखोलास्थित खेतमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।

स्थानीय गोपाल क्षेत्री भनिने कुलबहादुर क्षेत्रीको खेतमा नवजात शिशुको शव शुक्रबार भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार क्षेत्रीको श्रीमती ३१ वर्षीया मीना क्षेत्रीले बच्चालाई जन्म दिई हत्या गरी नजिकैको आफ्नै खेतमा लगेर गाडेको भन्ने खुल्न आएको छ ।

हत्याको आशङ्कामा अनुसन्धानका लागि मीना क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिशुको शव स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पाताल पर्वतमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक दीपक पातीलले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१