पाँचथर।

विश्व शान्ति तथा आणविक निशस्त्रीकरणको कामना गर्दै पाँचथर माङजाबुङ–३ का एक युवक सगरमाथा चढ्ने भएका छन् ।

नेपाली सेनामा कार्यरत् २८ वर्षीय सुशील शेर्माले शुक्रबार पाँचथर सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी आगामी अप्रिल १७ देखि सगरमाथा आरोहण गर्ने जानकारी दिएका हुन् ।

शेर्माले विश्वमा आणविक अस्त्र बनाउने होडबाजी चलिहरकाले विश्व शान्तिको कामना गर्दै सगरमाथा चढ्न लागेको बताए ।


Views: 152

