Aamsanchar

नेपाल र टिमोर लेस्टेबीच खेल बराबरीमा सकियो

Author Image
शनिवार, कार्तिक २०, २०७३

झापा ।

foot-1024x680

एएफसी सोलिडारिटी कप फुटबल अन्तर्गत मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा नेपाल र टिमोर लेस्टेबीचभएको पहिलो खेल बराबरीमा टुंगिएको छ ।

शनिबार भएको खेलमा नेपाल र लेस्टेले कुनै गोल गर्न सकेनन् र खेल ०-० को बराबरीमा सकियो । बराबरीसँगै नेपालले १ अंक बटुलेको छ । नेपालले गोल गर्ने थुप्रै अवसर पाएको भएपनि बललाई जाली चुमाउन भने सकेन ।

समूह ए मा रहेको नेपालले लेस्टेविरुद्ध खेल जितेको भए समूहमा एक खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान पक्का गर्ने थियो । बराबरीमा खेल सक्किएपछि अब नेपालले सेमिफाइनलाको यात्रा तय गर्न मंगलबार ब्रुनाइसँग हुने खेलको नतिजा कुर्नुपर्ने हुन्छ । मंगलबार ब्रुनाइलाई हराएमा वा मंगलबार ब्रुनाइसँग ३ गोलभन्दा कम अन्तरले नेपाल पराजित भएमा सेमिफाइनल पुग्नेछ भने ३ गोलभन्दा बढी अन्तरले हारेमा पनि सेमिफाइनलको यात्रा टुंगिने छ ।

समूह ए मा ३ टोली मात्र रहेको र लेस्टे यसअघि भएको खेलमा ब्रुनाईसँग पराजित भइसकेको छ । उद्घाटन खेलमा लेस्टे ब्रुनाईसँग ४-० ले हारेको थियो । सोलिडारिटी कप, एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्ना कमजोर सदस्य (देश) हरूका लागि ल्याइएको प्रतियोगिता हो ।कान्तिपुरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर