Aamsanchar

अरिङ्गालको टोकाइबाट दुईको मृत्यु

Author Image
शनिवार, कार्तिक २०, २०७३

बैतडी ।

hornet-400x300_c

अरिङ्गालको टोकाइबाट थलाकाँडा गाविसमा आज एकै परिवारका दुईजनाको ज्यान गएको छ ।

अरिङ्गालले टोक्दा थलाकाँडा– ८ लेकमवस्तीका ४८ वर्षीया पम्पादेवी साउद र उहाँका १२ वर्षीय नाती दीपकको मृत्यु भएको स्थानीय बासिन्दा गहेन्द्र साउदले जानकारी दिनुभयो ।

माइतीघर थलाकाँडा– १ भागडाबाट घर फर्किदै गर्दा गोजी चिउरानीमा हजुरआमा र नातीलाई अरिङ्गालले टोकेको हो । घटनास्थल सदुमुकाम गोठलापानीबाट डेढ दिनको पैदल दुरीमा पर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर