Aamsanchar

वास्तविक भगवान को हुन् ? जानौं

Author Image
शनिवार, कार्तिक २०, २०७३

भगवान

वैदिक सनातन हिन्दू धर्ममा भगवान भन्नाले यस चराचर जगतको सृष्टि, स्थिति र संहारकर्ता परब्रम्ह परमात्मा लाई बुझाउँछ। भग शब्दले परमात्माका अनन्त दिव्य कळ्याणमयगुणहरु लाई बुझाउँछ भने वान शब्दले ति अनन्त दिव्यगुणहरुको धारक परमात्मा हुनुहुन्छ भनि संकेत गर्दछ। वैदिक प्रमाण अनुसार त्यस्तो परमात्माका अनन्त नामहरु र रूपहरु छन् भन्ने कुरा बुझिन्छ। अनेक सिद्धान्तवादी तत्वद्रष्टाहरूले भन्दा पनि प्रेमी भक्तहरूले त्यस परमात्मा लाई भगवान भनि ज्यादा सम्बोधन गर्नुभएको प्रमाण पाइन्छ। यस बाट आफ्नो इष्टदेवलाई नै भगवान भन्नु पर्छ भन्ने कुरा बुझिन्छ। त्यसैले भगवान शब्द परमात्माको प्रेम परक स्वरूपको वाचक हो भन्ने कुरा स्पष्ट हुन्छ।

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर