श्रीसूर्य दक्षिणायन शरद ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल कार्तिक २१ गते रविवार, नेपाल सम्बत ११३७ कछलाथ्व,सन् २०१६ नोभेम्बर ६ तारिक शुक्लपक्ष षष्ठी तिथि विहान ७ वजेर ४७ मिनेटसम्म, उत्तरषाढा नक्षत्र राती ११ वजेर ४४ मिनेटसम्म, शूलयोग राती ११ वजेर २८ मिनेटसम्म, तैतिल करण विहान ७ वजेर ४७ मिनेटसम्म, आनन्दादियोग अमृत, सूर्य तुला राशीमा, चन्द्रमा मकर राशीमा ।
मेषः– आफुले चाहेको काम गर्न सकिनेछ । आफ्नो काममा आफै अग्रसर भएर लाग्नु होला । कार्य प्रगति राम्रो रहनेछ । काम गर्ने जोश जागर बढ्ने छ । कार्य गोपनियता अप्नाउनु होला ।
वृषः– भ्रमित नभई काम गर्नू आवस्यक छ । बाहिरी कामको अलमल बढि हुनेछ । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ ।
मिथुनः– काम कुरा एकातिर कुम्लो बोकि ठिमीतिर,आज यस्तै यस्तै हुने देखिन्छ । आफुले सोचेका कामले प्राथमिकता पाउने छैन । काम गर्ने जोश जागर घट्नेछ । चिन्ताले छाड्ने छैन ।
कर्कटः– कर्म क्षेत्रबाट बाहिर जादा अवसर गुम्नेछ । काम गर्न आलटाल नगर्नु होला । आर्थिक कारोवारबाट समान्य सन्तुष्टि मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुने देखिन्छ ।
सिंहः– घमण्डलाई त्यागेर काम गर्नु होला । अनावस्यक काममा विवाद गरेर कुनै फाइदा हुने छैन । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ ।
कन्याः– धन भन्दा श्रम लगानी बढि गर्नु होला । कहि कतैबाट काममा अवरोध आउन सक्छ सतर्क रहनु होला । बाहिरी कुराले वढि पिरोल्ने छ । समयलाई बुझ्न नसक्दा कार्य विमुख हुुने अवस्था आउन सक्छ ।
तुलाः– सुख,शाििन्तमा कमि आउनेछ । शरीरिमा रोग व्याधिको.प्रकोप रहनेछ । भौतिक सम्पतिको नास हुन सक्नछ । घरयासी कुराले बढि सताउने छ । आलोचना बढ्ने छ । नोकरीबाट भने सन्तुष्टि मिल्नेछ ।
वृश्चिकः– आफ्रनै बाहुबलबाट धेरै कामको टुङ्गो लाग्नेछ । कुनै पनि काम गर्दा विलम्ब नगर्नु होला । नोकरी तथा राजनीतिमा सोचे जस्तै हुनेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ ।
धनुः– स्वास्थ्यमा लगानी बढ्न सक्छ । रुघा,खोकी दमले सताउन सक्छ । आर्थिक कारोवार गडबढिन सक्छ सतर्क रहनु होल । आफन्त बनेर धोका दिन सक्छन् होशियार रहनु होला । बोलिको प्रभाव कम पर्नेछ ।
मकरः– दैनिक काम काजमा प्रगति राम्रो हुनेछ । कार्य क्षमता त घट्ने छैन तर चिन्ताले पनि छोड्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । लेनदेन कारोवारमा चनाखो रहनु होला ।
कुम्भः– प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । गरेका कामबाट पनि उचित प्रतिफल पाईने छैन । व्यर्थको गुमाई फिराई बढि हुनेछ । आर्थिक कारोवारमा खासै प्रगति हुने देखिन्न । स्वास्थ्यमा समस्या आउन सक्छ ।
मिनः– स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । गरेका काम अधिकाँश सफल हुनेछन् । परिवारजन, साथी भाई इष्टमित्रबाट सहयोग सहानुभूति मिल्नेछ । बक्यौता रकम उठाउने प्रयत्न गर्नु होला ।
– ज्यो. पण्डित वेदनिधि तिमिल्सिना