रुपन्देही,

हत्याको आरोपमा रुपन्देहीमा एकजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलन गरी बुटवल–५ ज्योतिनगर बस्ने ३४ वर्षका वीरबहादुर गुरुङको हत्या गरेको आरोपमा बुटवल–१२ का २५ वर्षका सन्तोष थापालाई पक्राउ गरी सार्वजनीक गरेको हो ।

गुरुङ्गको शव कात्तिक–१४ गते राति बुटवलकै बमाहा खोलाको पुलमुनि भेटिएको थियो । थापाको साथबाट प्रहरीले ५ थान इलेक्ट्रोनिक डेटोनेटरसहित घरेलु हतियार समेत बरामद गरको छ ।


थापाले हथौडाले हानेर गुरुङ्गको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
Views: 148

