Aamsanchar

आज राशीफल अनुसार तपाईंको भाग्य यस्तो छ

Author Image
सोमवार, कार्तिक २२, २०७३

shiv shambhu

२०७३ साल कार्तिक २२ गते सोमबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सुन्दर पहिरनमा ठाँटिएर सान, मान प्राप्त गर्न सकिनेछ। रमाइलो व्यावसायिक यात्रा हुन सक्छ। अतिथिका रूपमा सत्कार समेत पाइएला। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। मनग्य धनलाभ हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
लगनशीलताले बिस्तारै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसाय अवरुद्ध बन्न सक्छ। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउनेछन् भने सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदामा उपयोग भइने सम्भावना छ। बेसुरमा गरिएको कामले समस्या निम्त्याउला। पारिवारिक असमझदारीले महत्वाकांक्षी योजना कार्यान्वयनमा बाधा पुग्नेछ। तापनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। आमाको सहयोगले काम बन्न सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मान-सम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। मेहनतले विशेष अवसर दिलाउनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ। कृषिमा पनि मनग्य धन आर्जन हुने समय छ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम सम्पादन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। अहिलेको मेहनतले पछिसम्म लाभ उठाउन सकिनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। आफ्ना योजनाबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्, गोपनीयतामा विशेष ध्यान दिनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य शुभारम्भ हुनेछ। समयसापेक्ष कामको नेतृत्व गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान समेत पाइनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनमा ठाँटिएर आफूलाई आकर्षित तुल्याउन सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। ठूलो प्रयत्न गर्दा सामान्य उपलब्धि प्राप्त हुनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
श्रमको उचित मूल्यांकन हुनेछ भने लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति आउला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको कामले उत्साह जगाउनेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। मेहनत गर्दा प्रतिष्ठा पाइनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
चिताएको काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। अरूले आशा देखाए पनि काममा धोका पाइनेछ। स्वास्थ्य कमजोर रहनेछ भने पहिलेको योजना स्थगित हुन सक्छ। जोखिम हुने काम थालनी गर्नुअघि विचार पुर्याउनुहोला।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर