Aamsanchar

मौसमी प्रभावले बढ्यो देशभर चिसो

Author Image
सोमवार, कार्तिक २२, २०७३

काठमाडौं :

pokhara-648x430

काठमाडौंसहित देशैभर चिसो बढ्न थालेको छ। मौसमी प्रभावले चिसो बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर अघिल्ला वर्षको तुलनामा अहिलेनै चिसो बढेको भने भन्न नमिल्ने मौसमविद् शान्ति कंडेलले बताए।

विगत ३० वर्षदेखिको मापनमा नोभेम्बर महिनाको औषत न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस छ। यो वर्ष अहिलेसम्मको न्यूनतम तापक्रम गएको पाँच तारेखमा ८.२ मात्र रहेकाले विगतका वर्षहरुभन्दा चिसो बढेको भन्न नमिल्ने उनले बताए।

कहिलेकाँही स्थानीय प्रभावले गर्दा थोरै परिवर्तन भएपनि औषतमा कति कम भयो भन्ने कुराले चिसो बढेको वा नबढेको भन्ने निर्धारण गर्ने उनले बताए। प्रविधिको अभावका कारण एक दुईमहिनासम्म लामो समयको तापक्रम अनुमान लगाउन समस्या पर्ने मौसमविद् कंडेलले बताए।  अहिलेसम्म नोभेम्बर महिनामा सबैभन्दा कम तापक्रम सन् १९७५ मा रहेको थियो।

त्यतिबेलाको न्यूनतम तापक्रम १.३ रहेको थियो। पश्चिमी वायुको प्रभाव आउन समय लाग्ने भएकाले अबका केहीदिन देशैभर पानी नपर्ने महाशाखाले जनाएको छ।  हिउँदको समयमा पश्चिमी वायुको प्रभावले नेपालमा पानी पर्ने हुन्छ। तर तत्कालका लागि पश्चिमी वायुको प्रभाव भित्रिने सम्भावना नरहेको मौसमविद् शान्ति कंडेलले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर