झापा,

बार्सीलोनाका स्ट्राइकर लियोनल मेस्सीले बार्सीलोनाका लागि पाँच सय गोल पूरा गरेका छन् ।

मेस्सी क्लब खेलमा सधै जसो बढी गोलको सूचीको पहिलो स्थानमै रहन्थे । जसले गर्दा आज उनले बार्सीलोनका लागि पाँच सय गोल पूरा गरेको फक्सस्पोर्टले लेखेको छ ।

मेस्सीले आइतबार स्पेनिस ला लिगामा सेभिल्लासँगको खेलमा एक गोल गर्दै पाँच सय गोल पूरा गरेका हुन् ।


पहिलो हाफमा पाएको पासलाई सदुपयोग गर्दै मेस्सीले सहज रुपमा गोल गर्दै बार्सीलोनाका लागि आफ्नो पाँच सय गोल पूरा गरेका हुन् ।
उनले बार्सीलोनाका लागि चार सय ६९ खेल खेल्दै पाँच सय गोल पु¥याएका हुन् । उनले पाँच सय गोल पूरा गर्नुका साथै गोलका लागि धरै अवसर जुटाएका छन् । एजेन्सीको सहयोगमा
Views: 165

