Aamsanchar

झापामा १५ वटा स्थानीय तह

Author Image
मङ्गलवार, कार्तिक २३, २०७३

झापा।

7-Pradesh-_jhapa

झापामा १५ बटा स्थानीय तह हुने भएको छ ।  जिल्ला विकास समितिको कार्यालयमा सोमबार बसेको सर्वदलीय वैठकले झापाको स्थानीय तहको पुनसंरचना टुंगो लगाएको हो ।

जनसंख्या र भौगोलिक आधारमा पुनसंचनाको निर्णय गरिएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताउनुभयो । स्थानीय तह पुन संरचना आयोग प्राविधिक सहयोग समितिका संयोजक समेत रहनुभएका उहाँका अनुासर झापामा ८ नगरपालिका र ७ गाउँपालिका हुने भएको छ ।

उहाँका मेचीगनर नगरपालिकामा बाहुनडाँगी, धाईजन दुहागढी र ज्यामीरगडी गाविस गाभेर मेचीनगर नगरपालिका बनाइएको छ ।

शान्तिनगर र बुधबारे गाविसलाई बुद्धशान्ति गाँउपालिका, खुदुनाबारी गाविसलाई शनिअर्जुन नगरपालिकामा गाभ्ने, बिर्तामोड नगरपालिकामा गरामनी गाविस गाभ्ने, भद्रपुर नगरपालिकामा पृथ्वीनगर गाविस गाभ्ने, पाठामारी, बनियानी, वालुवाडी, पथरीया केचना र घेराबारीलाई कचनकवल गाँउपालिका बनाउने, हल्दिबारी, जलथल र गोलधापलाई हल्दिबारी गाँउपालिका बनाउने, राजगढ, चकचक्की र डाँगीबारीलाई बाह्रदशी गाँउपालिका बनाउने निर्णय गरेको छ ।

त्यस्तै कुमरखोद, टागनडुब्बा र शरणामति गाविसलाई झापा गाँउपालिका बनाउने, धरमपुर पाँचगाछीलाई शिवसताक्षी नगरपालिकामा गाभ्ने, गौरीगञ्ज, खजुरगाछी, माहाभारा र कोरोबारीलाई गौरिगञ्ज गाँउपालिका बनाउने, बैगुनधुरा गाविसलाई गौरादह नगरपालिकामा गाभ्ने, लखनपुर र तोपगाछीलाई कमल गाँउपालिका बनाउने दमक नगरपालिकालाई साविककै नगरपालिका बनाउने र डाँगीबारी ४, शिवसताक्षी ५, ९ लाई कनकाई नगरपालिकामा गाभ्ने जिल्लास्थित पुनसंरचना प्रविधिक समितिले गरेकोे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर