Aamsanchar

आठपहरिया स्वायत्त क्षेत्र माग

Author Image
मङ्गलवार, कार्तिक २३, २०७३

धनकुटा ।

download

कोशी पहाडी जिल्ला धनकुटामा बसोबास गर्दै आएका किरात आठपहरिया जातिले धनकुटा नगरपालिका क्षेत्रलाई आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग गरेको छ ।

किरात आठपहरिया सामाज नेपाल धनकुटाले आज पत्रकार सम्मेलन गरी धनकुटा नै आफ्नो विशेष थातथलो रहेकाले धनकुटा नगरपालिका क्षेत्रलाई आठपहरिया स्वायत्त क्षेत्र नामकरण गरी स्थानीय तह पुनःसंरचना आयोगलाई सिफारिस गर्नुपर्ने माग गरेको छ ।

समाजका अध्यक्ष कमल छाराहाङ आठपहरियाले धनकुटा नगरपालिकालाई आठपहरिया स्वायत्त क्षेत्र उल्लेख नगरी सो समुदायको भावना र चाहनामाथि तुषारापात गरिएको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर