मोरङ,
सभामुख ओनसरी घर्तीले राजनीतिक परिवर्तनका उपलब्धि संस्थागत गर्न दलहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिनुभएको छ ।
विराटनगरमा आज बिहान पत्रकारसँग कुरा गर्दै सभामुख घर्तीले अहिलेको चुनौती सामना गर्न संविधान कार्यान्वयन अत्यावश्यक रहेकाले दलहरुबीचको एकतामा जोड दिनुभयो ।
उहाँले सबै राजनीतिक दलबीच गहन छलफल र वार्ता हुन जरुरी रहेकामा जोड दिँदै संविधान संशोधन प्रस्ताव संसद्मा पेस भए पनि परिपक्क हुन पाँच दिनको समय लाग्ने प्रावधान संसद् नियमावलीमा रहेकाले यस महिनाभित्र संशोधन हुने सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 92