Aamsanchar

राजस्व असुली सन्तोषजनक

Author Image
मङ्गलवार, कार्तिक २३, २०७३

भद्रपुर।

Nepali-Note-57e888ba0a65b9.54579981

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनामा कूल रु ३७ करोड ९२ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु ३३ करोड छ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु चार करोड ८६ लाख लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख निर्मल ढकालले जानकारी दिनुभयो ।

सङ्कलित राजस्वमा आयकरतर्फ रु ११ करोड ९९ लाख, बहाल करतर्फ रु एक करोड ४१ लाख ७३ हजार, ब्याज करतर्फ रु दुई करोड ३९ लाख ३९ हजार, मूल्यअभिबृद्धि करतर्फ रु १५ करोड १९ लाख ६१ हजार, अन्तःशुल्क रु पाँच करोड ५३ लाख २५ हजार, स्वास्थ्य सेवा कर रु एक करोड छ लाख ७६ हजार र शिक्षा सेवा कर रु २९ लाख १० हजार रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर