Aamsanchar

नेपालको शानदार जीत

Author Image
मङ्गलवार, कार्तिक २३, २०७३

झापा ।

football

नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा मंगलबार ब्रुनाइमाथि ३–० को शानदार जित निकाल्दै नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । यसअघि, नेपालले टिमोर लेस्टेविरुद्ध गोलरहित बराबरी खेलेको थियो । ब्रुनाईले भने टिमोरलाई ४–० ले हराएको थियो ।

ब्रुनाईविरुद्ध आकर्षक प्रदर्शन गर्नेक्रममा सुरुआतदेखि नै आक्रामक बनेको नेपालले मध्यान्तरअघिको इन्जुरी समयमा पहिलो गोल ग‍¥यो । नवयुग श्रेष्ठले अन्तर्राष्ट्रिय चौथो गोल गर्नेक्रममा नेपाललाई अग्रता दिलाए । ७२औं मिनेटमा भरत खवासले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाए ।
त्यसैगरी, मनोबल उच्च बनाएको नेपालले ८०औं मिनेटमा अग्रतालाई तेब्बर ग‍¥यो । पेनाल्टी बक्सभित्र बिमल घर्तीमगरलाई ब्रुनाईका खेलाडीले लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बिमलले नै गोल गरे । यो जितसँगै नेपालले पछिल्लो समयको गोलविहीन यात्रालाईसमेत टारेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले एसियाका कमजोर फुटबल राष्ट्रहरुको लागि पहिलोपटक सोलिडारिटी कप फुटबल प्रतियोगिता आयोजना गरेको हो । ७ टोली सहभागी प्रतियोगितामा नेपाल, ब्रुनाई र टिमोर लेस्टे समूह ‘ए’मा रहँदा समूह ‘बी’मा श्रीलंका, मकाउ, लाओस र मंगोलिया रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर