Aamsanchar

तराईका पाँच जिल्ला मध्ये झापामा दुर्घटना घट्यो

Author Image
बुधवार, कार्तिक २४, २०७३

[नरेन्द्र ढकाल]
झापा ।

traffic-

तराईका पाँच जिल्ला मध्ये झापामा पछिल्लो समय सवारी दुर्घटनामा कमी आएको छ । सवारीको चाप इटहरी पूर्व अधिक भएपनि ट्राफिक प्रहरीको सक्रियताले गर्दा सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिएका छन् ।

झापाका दुर्घटना रहिन महाअभियान सुरु हुनु, ट्राफिक प्रहरीले राडरगनको प्रयोग गरेर सवारीको गति नाप्नु, तिब्र गतिका सवारीलाई कारबार्ही गर्नु, मापसे तथा लाइसेन्स चेक जाँचलाचई तिब्र बनाउनु, सवारी चालक तथा सहचालकलाई ट्राफिक नियम बारे प्रशिक्षण दिनु लगायतका कारण गर्दा मोरङ, सुनसरी, सप्तरी, सिराह जिल्ला भन्दा झापामा सवारी दुर्घटनामा कमी आएको तथ्याङमा उल्लेख गरिएको छ ।

पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३र२०७४ को काक्तिक १७ गते सम्ममा सबैभन्दा धेरै सुनसरी जिल्लामा १६७ वटा सवारी दुर्घटना भएको र उक्त अवधिमा २७ जनाको मृत्यु भएको छ । त्यस्तै सोही अवधिमा मोरङमा ११५ दुर्घटना हुदाँ ४० जनाले ज्यान गुमाउनु परेको थियो । तराईको जिल्ला मध्ये सिराहामा उक्त समयमा ८० वटा सवारी दुर्घटना हुदाँ १७ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै सोही अवधिमा सप्तरीमा ६३ वटा सवारी दुर्घटना हुदाँ १४ जनाको मृत्यु भएको छ ।

त्यस्तै सोही अवधिमा झापामा ६४ वटा सवारी दुर्घटना हुदाँ २२ जनाले अकालमा नै ज्यान गुमाउनु परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख पवन गिरीले बताए । तथ्याङ्कलाई आधार मान्दा पूर्वका ५ जिल्ला मध्ये झापामा सवारी दुर्घटनामा कमी आएको छ । सवारीको चाप बढ्दै गएपनि ट्राफिक प्रहरीको सक्रियतामा झापामा दुर्घटना कम गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गिरीको भनाई छ ।
झापामा पूर्व पश्चिम राजमार्गको कांकरभिट्टा देखि मावा खोला सम्म ५५ किलो मिटर दुरीमा ट्राफिक प्रहरीले आफ्नो निगरानी गर्ने गरेको छ भने सहायक राजमार्ग तर्फ पनि ट्राफिक प्रहरीको उपस्थिती रहेको जनाइएको छ । झापामा सरदर पाँच बस र एक हजार साना सवारी दैनिक रुपमा सञ्चालन हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सुचना अधिकारी याम खड्काले जानकारी दिएका छन् । झापामा दुर्घटनाको मुख्य कारण भनेको बजार क्षेत्र बाहेक खुल्ला स्थानमा तिब्र गतिमा सवारी चलाउनु रहेको खड्काको भनाई छ ।
४० वर्ष अगाडी सडक निर्माण भएपनि त्यसको स्तरोन्नती नहुनु तर वर्षेनी सवारीको चाप बढ्नुले पनि सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीको भनाई छ । यसैबीच पछिल्लो समय शहरीकरण बढ्दै गएकाले पुरानो बस बिसौनीहरु बजारको मध्यभागमा पर्न थालेको छ । ति बिसौनीलाई नसारेमा दुर्घटना बढ्न सक्ने ट्राफिक प्रहरी प्रमुख गिरीको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर